जनकपुरमा पूजा गरेर फर्किदै गरेकी महिलालाई टिपरले ठक्कर दिएर ज्यान लियो


जनकपुरधाम, १९ पुस । टिपरको ठक्करबाट जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।

शनिबार टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ६ की अन्दाजी ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । ठाकुर मन्दिरबाट पूजा गरेर घर फर्किने क्रममा ना १ क ४५०९ नम्बरको टिपरले जनकपुरधाम उपमहानगरपालिका ७ पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको थियो ।

ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७६ पुष १९, शनिबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ