सिरहाबाट फेरी २ युवक लागुऔषधसहित पक्राउ


जनकपुरधाम, १९ पुस । सिरहाबाट लागुऔषधसहित दुईजनालाई फेरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय गोपिन्दर कामैत र वडा नम्बर १ का २२ वर्षीय चन्दन चौधरी छन् ।

दुवै जनालाई लहान नगरपालिका वडा नम्बर ३ सिंग्राहीबाट लागुऔषध फेनरागन १० एम्पुल, नोर्फिन ११ एम्पुल, डाईजील्याव ११ एम्पुलसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १९, शनिबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ