राजपाले पुर्वमंत्री यादव र सिंहलाई बनाए राष्ट्रियसभाको उम्मेदवार


काठमाडौं, १९ मंसिर । राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको राजपाको बैठकले दुई उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेश २ मा अन्यबाट राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक र अपांगताको तर्फबाट पनि पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका शेखरकुमार सिंहलाई उम्मेदवार बनाइको राजपाका संयोजक राजेन्द्र महतोले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ। रिक्त १९ पदका लागि राष्ट्रिय सभाका लागि राजपाले उम्मेदवार चयन गरेको हो। राजपाले निर्वाचनका लागि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेको छ।

१८ सिटमा हुने निर्वाचनमा राजपाले नेकपालाई १६ र नेकपाले राजपालाई २ सिटमा सघाउने भएको छ । एक सदस्य राष्ट्रपतिबाट मनोनित भएकाको पनि कार्यविधि सकिँदै छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले आइतबार मनोनय दर्ता गर्नेछन् । २१ गते उम्मेदवारको विरोध उजुरी, २४ गते नाम फिर्ता र २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।

प्रकाशित : २०७६ पुष १९, शनिबार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ