सिरहामा सरकारी गाडीको चरम दुरुपयोग, प्रहरीले सुरु गरे कारबाही अभियान


जयनाथ यादब / लहान, १९ पुस । सिरहामा सरकारी सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । शनिवारको दिन पनि विना अनुमती सरकारी गाडी चलाउने गरेकोकाहरुलाई प्रहरीले कारबाही गरेको हो ।

सिरहा प्रहरीले विभिन्न ठाउँबाट शनिवार पनि चलाएको भन्दै आठ सरकारी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । सरकारी गाडीको दुरुपयोग बढेको गुनासोपछि सिरहा प्रहरीले शनिवार चलाउने सवारी नियन्त्रणमा लिएको तर पहिलो दिन चेतावनी दिएर गाडी सम्बन्धित कर्मचारीलाई बुझाएको प्रहरीले जनाएको छ ।

सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले एक पटकका लागि चेतावनी दिएर गाडी छाडेको र अगामी दिनमा पनि दुरुपयोग गरेको पाइएमा कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।

प्रकाशित : २०७६ पुष १९, शनिबार २०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ