राष्ट्रिय सभा निर्वाचन : राजपा र समाजवादी पाटीले बनाए दाजु–भाईलाई उम्मेदवार


सप्तरी, २० पुस । राष्ट्रियसभा सांसद पदका लागि आज (आइतबार) उम्मेदबारी दर्ता गरिदैंछ । निर्वाचनका लागि बिभिन्न दलहरुले आ–आफ्नो उम्मेदबार तय गरिसकेका छन् । ­तर, प्रदेश २ मा एकै परिवारका दुई जना दाजुभाई चुनाव लड्ने भएका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिकाका दाजुभाई अनिरुद्वप्रसाद सिंह यादव र मृगेन्द्र सिंह यादवले उम्मेदबारी दिदैंछन् । अनिरुद्वलाई समाजवादी पार्टीले उम्मेदबार बनाएको छ भने मृगेन्द्रलाई राजपाले । राजपाले मृगेन्द्रलाई शनिबार दिउँसै उम्मेदबार बनाउने निर्णय गरेपनि अनिरुद्वलाई शनिबार राति समाजवादी पार्टीले उम्मेदबार बनाउने निर्णय गरेको छ ।

यी दाजुभाई २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदबार बनेका थिए । तर दुबै जना पराजित भएका थिए । मृगेन्द्र तत्कालिन फोरम लोकतान्त्रिक र अनिरुद्व मधेशी जनअधिकार फोरमबाट उम्मेदबार बनेपछि कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए ।

प्रकाशित : २०७६ पुष २०, आईतवार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ