लहान घुस काण्ड : गुण्डा लगाएर योजनावद्ध तरिकाले फसाएको आरोप (भिडियो पनि)


लहान, २० पुस । डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन कर्मचारीलाई ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले ६ लाख जरिवाना काटिएपछि गुण्डा लगाएर कुटपिट गरेको खुलासा भएको छ ।

वल्ड वाईड राम सागर जे.भि.का प्रतिनिधि राम पौडेललगायत १५/२० जना नकाबधारी गुण्डा शैलिमा पौष १८ गते डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साह, ईन्जिनीयर नविनकुमार साह र सब ई।बिरेन्द्रकुमार साहलाई क्र्वाटरमा जबरजस्ती पैसा थमाउँदै कुटपिट गरेको छ ।

घटनाका प्रत्यक्षदर्शी ई. नबिनकुमार साहको पत्नी सन्नु साहले ‘मेरो पति ईन्जिनीयर नविनकुमार साहलगायत यसै कार्यालयका निमित्त प्रमुख बिनोदकुमार साह र सब ई. बिरेन्द्रकुमार साहलाई वल्ड वाईड राम सागर जे.भि.का प्रतिनिधि राम पौडेल लगायत १५/२० जना नकाबधारी गुण्डा शैलिमा कुटपिट गरेका छन् ।’

‘ठेकेदार पौडेलपक्षका गुण्डाहरुले कार्यालयका क्वार्टरमा रहेका ई।नबिनकुमार साह र बिरेन्द्रकुमार साहलाई झोलामा ल्याईएको रकम हातमा थमाउदा नमानेपछि निर्घात कुटपिट गरी क्वार्टरमा रहेको फर्निचर तोडफोड सहित महिला तथा वालबालिकालाई कुटपिट गरेको छ ।’

https://www.youtube.com/watch?v=UcNfEM_1Lu4

‘रकम नसमाते पछि सो रकम क्वार्टरमै फालेर गुण्डाहरु भागेका थिए’ सुत्केरी सन्नु साहले बताइन् । सन्नुकी बच्चा भएको तीन दिन भएको छ । उनी भन्छिन् ‘बचाउँन खोज्दा गुण्डाहरुले मलाई पनि कुटेको छ ।’

त्यसलगतै कार्यालय प्रमुखको क्वार्टरमा गएर ति गुण्डाहरुले हातपात गर्दै त्यहाँ पनि पैसा समात्न लगाउदा कार्यालय प्रमुख साहले पैसा समात्न असमर्थ गर्दा त्यहाँ पनि फालेर गुण्डाहरु भागेका थिए । यस लगतै प्रहरीसहित अख्तियारका टोली आएर बिना मुचुल्काकै ईलाका प्रहरी कार्यालय लहान लगेको सन्नु साहले बताइन् ।

निज ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले कार्यालयले सो को वापत जरीवाना ६ लाख काटिएको हुँदा रिसिबिले गुण्डा प्रयोग गरी सुनियोजित (योजनाबद्ध) तरीकाले फसाएको जारी विज्ञप्तीमा उल्लेख छ । यसरी गुण्डागर्र्दी ढंगले कुटपीट गर्ने ठेकेदार सहितका गुण्डाहरुलाई कार्बाहीको माग गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सरोकारबाला निकायसंग नागरिक समाजले लहानमा गरिएको कोणमा माग गरेको छ ।

उक्त घटना मिति २०७६ पौस १८ गते शुक्रवार बेलुका ६ बजेतीर सडक डिभिजन कार्यलयको प्राङ्गणमा भएको हो । कोणसभामा नागरिक समाजका जयनारायण यादव, मनोज यादव, भरत साह, शिला साहलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : २०७६ पुष २०, आईतवार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ