मैथिली विकाष कोषको अध्यक्षमा पुनः जीवनाथ चौधरी चयन


जनकपुरधाम, २० पुस । मैथिली भाषा, साहित्यको क्षेत्रमा अत्यन्त सकृय मैथिली विकास कोषको शनिवार सम्पन्न १८ औं साधारण सभाले सर्वसम्मतीबाट जीवनाथ चौधरीलाई पूनःअध्यक्ष चयन गरेको छ ।

साधारण सभाबाट चयन भएको नयाँ कार्यसमितिमा दुई जना सदस्य बाहेक सबै पुराना छन् । कोषको सचिवमा श्यामसुन्द शशी छन् । सदस्यहरुमा नित्यानन्द मण्डल, नविन कुमार मिश्र, सुजीत कुमार झा, अनिता रानी मण्डल, पुनम झा, रामचन्द्र दास र विष्णुकान्त मिश्र छन् ।

दास र मिश्र कार्यसमितिमा नयाँ सदस्यको रुपमा प्रवेश पाएका छन् । कोषको विधान अनुसार सधारण सभाले ९ जनाको कार्यसमिति चयन गर्ने प्रावधान छ । ६ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने व्यवस्था छ ।

कोषले मैथिली लिटरेचर फेस्टिवल, पुस्तक प्रकाशन, साहित्य क्षेत्रका स्रस्टाहरुलाई सम्मान लगायतका कार्यक्रमहरुगर्दै आएकोछ । मैथिली भाषा, साहित्यको क्षेत्रमा नेपालको मिथिला क्षेत्रमा सकृय रहने अग्रणी संस्थाको रुपमा स्थापित भएको छ ।

प्रकाशित : २०७६ पुष २०, आईतवार ०९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ