राजेन्द्र महतोविरुद्ध अख्तियारले दायर गरे विशेष अदालतमा मुद्दा


जनकपुरधाम, २० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते भरपाई तयार गरी व्यापक भ्रष्टाचार गरेको भन्दै पर्साको साविक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतोविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षकमा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको, किर्ते भरपाई तयार गरी व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै तत्कालिन सचिव महतोमाथि आरोप–पत्र दायर गरेको हो । पर्साको साविक जयमंगलापुर गाविसको आव २०७०/०७१ देखि आ।व। २०७३/०७४ को प्रथम चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम वितरणमा महतोले भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

बदनियतपूर्वक सरकारी रकम हिनामिना गरेको देखिंदा महतोमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर महतोले गरेको अख्तियारले जनाएको छ । यस्तै कार्यकालमा उनले वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल भरपाईमध्ये आव २०७१/०७२ को औषधि उपचार शीर्षक बाहेक अन्य भरपाई तथा आव २०७२/०७३ को तेश्रो किस्ताको भरपाईहरु बरबुझारथ नगरी लुकाई नोक्सान समेत गरेको अख्तियारको दावी छ ।

प्रकाशित : २०७६ पुष २०, आईतवार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ