भ्रष्टाचार विरद्धको अभियान थाले नेपाली जनता दल, मधेसी नेताहरु गद्दार भयो : अध्यक्ष साह


जनकपुरधाम, २१ पुस । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले मधेसीलाई गोली हान्न लगाउने नेकपा र काँग्रेससँग मधेसवादी दल राष्ट्रिय सभा निर्वाचनका लागि सहकार्य गर्नु चिन्ताको विषय भएको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अभियान सुरु गर्न जनकपुरधाम आइपुगेका अध्यक्ष साहले मधेसवादी दलका नेताहरुलाई गद्दारको संज्ञा दिए । उनले भने, ‘सरकारबाट हटाएपछि काँग्रेसको रुख समात्न समाजवादी पार्टी गयो भने राजपा ओलीको शरणमा पुग्यो । उनीहरु गद्दार रहेको आफैं पुष्टि गरेका छन् ।’ उनले मधेसी जनताको अधिकारका लागि लड्ने नाममा मधेसी नेताहरु लुट मच्चाएको आरोप पनि लगाए ।

अध्यक्ष साहले प्रदेश २ र संघीय सरकारका मन्त्रीहरु पनि भ्रष्टाचारमा लागेकाले यसविरुद्ध अभियान चलाएको बताए । उनले भ्रष्टाचारले देश कहिल्यै समृद्ध हुन नसक्ने भन्दै अहिले सबै क्षेत्रले भ्रष्टाचार विरुद्ध लाग्नुपर्ने आवश्यकता रहेको समेत बताए । उनले अब भ्रष्टाचार विरुद्ध आफूहरु निरन्तर अभियान चलाउने बताए ।

जनकपुरस्थित रेल्बे स्टेशनमा आईतवार जनता दल धनुषाका अध्यक्ष मुन्जय राउतको अध्यक्षतामा पार्टी प्रवेश र भ्रष्टाचार विरुद्धको अभियानको प्रारम्भव गरिएको छ । पार्टीका केन्द्रिय सदस्य समेत रहेका राउतले भ्रष्टाचार विरुद्ध फण्डाफोर गर्ने बताएका छन् । उनले ठूलो संख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाली जनता दलमा प्रवेश गरे ।

प्रकाशित : २०७६ पुष २१, सोमबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ