प्रदेश २ का किसानले अब प्रतिलिटर दूधमा २ रुपैयाँ अनुदान पाउने


महोत्तरी, २२ पुस । प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो ।

प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिन्छौं’ मन्त्री साहले भने, ‘यही पुस महिनादेखि दूध बिक्री गर्ने किसानलाई यो अनुदान दिइनेछ ।’

बजारमा दूध बेचे त्यसको रेकर्ड नरहने भएकाले त्यस्ता किसानले भने अनुदान पाउृने छैनन् । मन्त्री साहले दूध सहकारी संस्था, संकलन केन्द्र र डेरीमा दूध बेच्ने किसानको रेकर्ड रहने भएकाले यस्ता ठाउँमा दूध बेच्ने किसानले अनुदान पाउने बताए ।

प्रकाशित : २०७६ पुष २२, मंगलवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ