राजपा केन्द्रीय सदस्य यादव मिटरब्याज मुद्दामा पक्राउ


काठमाडौं, २३ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामबाबुराय यादव सर्लाहीबाट पक्राउ परेका छन् ।

मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए । मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष यादवले मिटरब्याजमार्फत ठगी गरेको गुनासो पीडितहरूले गरेका थिए ।

सर्लाहीका पीडितहरूले बुधबार गृह मन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृह सचिवसँग गुनासो गरेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए । लगत्तै सर्लाहीले उनलाई यादवलाई पक्राउ गरेको हो ।

यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा १५ सयभन्दा बढी पीडित रहेको बताइएको छ । पक्राउलगत्तै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • thahakhabar.com
प्रकाशित : २०७६ पुष २३, बुधबार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ