रघुनाथपुरमा बन्यो ४५ लाखमा स्वर्गिय रामराजाको सम्झनामा बर्थिङ्ग सेन्टर, स्थानीय खुःशी


जनकपुरधाम, २४ पुस । गणतन्त्रका प्रणेता स्वर्गिय रामराजा प्रसाद सिंहको सम्झनामा धनुषाको रघुनाथपुरमा करिव ४५ लाखको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर भवनको समुद्घाटन गरिएको छ ।

सवैला नगरपालिकाको १२ रघुनाथपुरको उतिमपुर टोलस्थित करिव ३ कठ्ठा जग्गामा रहेको स्वास्थ्य चौकी प्राङ्गणमा प्रदेश साँसद मनोज कुमार सिंहको संसदिय विकास कोषवाट ४५ लाखको लागतमा बर्थिङ्ग सेन्टर भवन बनेको हो । उक्त भवनको समुदघाटन बुधवार एक समारोहबीच गरिएको छ । प्रदेशसभा साँसद डा. सिंह गणतन्त्रवादी नेता स्व. सिंहका जेष्ठ सुपुत्र हुन् ।

रघुनाथपुरमा आयोजित भवन समुदघाटन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य किशोरी साह कमल, विशिष्ठ अतिथि प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंह र सवैला नगरपालिकाका प्रमुख विजय शंकर साहले सामुहिक रुपमा भवनको समुदघाटन गरेका छन् ।

वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका सो अवसरमा स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने जग्गा दाता दिपशरण यादव, युवा अभियन्ता बिनोद कुमार धामी सहित अतिथिहरुलाई समेत सम्मान गरिएको छ । अब गाँउमै स्वास्थ्य र प्रसुती सेवा पाउने भएपछि स्थानीयबासी खुसी भएका छन् ।

प्रकाशित : २०७६ पुष २४, बिहीबार १३:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ