भारतीय गाडीमा रोक लगाउने नेपाल सरकारको निति मधेसको पर्यटन प्रवर्धनको अवरोधक


वीरगंज, २४ पुष । मधेशको पर्यटन प्रवद्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्धन सम्बन्धि अन्तरत्रिया एवं भिजिट मधेस २०२० एण्ड वियोण्ड कार्यक्रमको आज पर्साको वीरगंजबाट शुरुवात गरिएको छ ।

भिजिट मधेशको आयोजना तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश न २, वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका र ठोरी गाउँपालिकाको सयुँक्त सहकार्यमा भएको कार्यक्रमले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुग्ने बिश्वास गरिएको छ । ुभिजिट नेपाल ईज इङ्कम्प्लिट विडआउट भिजिट मधेसु आर्थात मधेसको भ्रमण बिना नेपाल भ्रमण अधुरो रहने मुल नारासहित शुरु भएको यस अभियानले मधेशमा भएका प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रचार प्रसार एवम् बिकास र समृद्धिमा पनि सघाउ पुग्नेमा प्रदेश न। २ का पर्यटन राज्यमन्त्रि सुरेश कुमार मण्डलले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रि सुरेश मण्डलले नेपालको पर्यटन बारे कुरा गर्दा मधेशलाई पटक(पटक बिर्सिने गरिएको गुनासो गरे । उनले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानले नेपालको पर्यटन बारे बाहिर देशमा प्रचार गर्दा मधेसको कला, संस्कृति, एतिहासिक तथा धार्मिक स्थलहरुलाई नसमेटिने गरिएको बताए । मन्त्रि मण्डलले भिजिट मधेश जस्ता अभियानले मधेशको पर्यटनको लागि खेलेको भूमिका उल्लेखनिय रहेको समेत बताए ।

त्यसैगरी भिजिट मधेस नेपालका ग्लोबल संयोजक प्रमोद (राज) सर्राफले सूचना प्रविधिको प्रयोगले आफुहरुले मधेशको पर्यटन प्रवर्द्धनको लागि काम गरिरहेको बताए । उनले आजको डिजिटल युगमा सूचना प्रविधि बिना कुनै पनि अभियान सफलताको कल्पना समेत गर्न नसकिने दावी गरे । तसर्था उहाँले आफुहरुले निर्माण गरेको डिजिटल प्लेटफर्म मार्फत मधेशको पर्यटकिय, ऎतिहासिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गर्न लागेको जानकारी गराए ।

भिजिट मधेश पर्साका संयोजक किसन कुमारको सभापतित्वमा भएको कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य तथा होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतले सबैले आ आप्नो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगंज उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुवोध कुमार गुप्ता, भिजिट मधेशका ग्लोबल कोर्डिेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायत रविराज शाह, होटेल तथा पर्यटन व्यवासायि संघ प्रदेश न। २ का सचिब तवरेज आलम, पर्साका अध्यक्ष हरी पन्त लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भिजिट मधेशका केन्द्रिय सदस्य एवम् सामाजिक अभियाना प्रकाश थारुले स्वागत मन्तव्य व्यक्त गरेको भिजिट मधेश वीरगंजका कार्यालय प्रमुख दिपु वर्णवालले जानकारी दिनुभयो ।

सो अवसरमा भिजिट मधेशका संस्कृति राजदुत तथा नेपालि लोकस्टार गायन रियालिटी(शो बाट लोकप्रियता पाएका रविराज शाहले मधेशका सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा रिति रिवाज चाल चलनलाई समेटेको गीत समेत प्रस्तुत गर्नुभएको थियो ।

भिजिट मधेश नेपाल अभियानका लागी तैयार गरिएको गित मार्फत मधेश कला, संस्कृति, परम्परा, वर्ग, जाति, धर्म, धरोह, ईतिहासलगयातका विषय बस्तुलाई समेटर पूर्ण मधेशको चित्रण गरिएको छ । आनन्द अस्तित्व द्वारा लिखित गितमा शाहले नै स्वर र संगीत दिएका छन् । वीरगंजमा समाप्त भएसँगै पौष २५ गते बाराको कलैयामा, रौतहटमा गरी २२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय संयोजक सर्राफले बताउनुभयो ।

प्रकाशित : २०७६ पुष २४, बिहीबार २०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ