धेरै चिया पिउनुहुन्छ ? ख्याल गर्नुहोस्, यस्ता छन् १५ बेफाइदा


२६ पुस । अधिकाशं नेपाली दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । पाहुना जादाँ वा आउँदा चियाले नै सत्कार गरिन्छ । कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झै बनेको छ । चिया औपचारिकता होइन, एक प्रकारले नेपाली संस्कार झै बनेको छ ।

त्यसैले चियालाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्ने गर्दछ । कालो चिया पिउनु केहि हदसम्म फाइदाजनक भएपनि दूध चिया भने स्वास्थ्यका लागी हानिकारक मानिन्छ ।

यस्ता छन् धेरै चिया पिउदा हुने १५ बेफाइदाहरु :

१) अत्यधिक चिया पिउने मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

२) चिया पकाउदा चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैन यसले शरीरमा असर पार्दछ ।

३) चिया पिउँदा शरीर तातो हुन्छ भने मान्यता छ तर चियाले शरीरलाई तातो पार्दैन ।

४) एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदैन ।

५) तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्दछ ।

६) चियालाई ताततातो पिउनु हुदैन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ ।

७) धेरै चियापती हालेर चिया खानु हुदैन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

८) दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ ।

९) चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।

१०) अत्यधिक चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।

११) चिया धेरै पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।

१२) धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखापर्छ ।

१३) भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखापर्छ ।

१४) धेरै चिया पिउँदा भोक कम लाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।

१५) रंग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च रहन्छ ।

  • खबरहब
प्रकाशित : २०७६ पुष २६, शनिबार ०९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ