यि अपराधीहरु टिपरले किच्नुअघि दिलिपको कोखमा घोचेका थिए फलामको लिभर !


सन्तोष यादब/ जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा नदी उत्खननको विरोध गर्दा दिलिप महतोलाई फलामको लिभरले दाहिने कोखमा घोचेर घाईते बनाएको र पछि टिपरले टाउँको किचेर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज घटनामा संलग्न चार जनालाई सार्वजनिक गर्दै एसपी रमेश बस्नेतले पहिले फलाम कोखमा घोचेर गम्भिर घाईते बनाएको र त्यसपछि समातेर टिपरले किचेर हत्या गरेको बताए । उनले घटनामा संलग्न देखिएका क्रसर उधोग संचालकसहित चार जनालाई पक्राउ गरी कारबाही अगाडी बढाएको बताए । उनले भने, ‘घटनाको अनुसन्धान हुँदैछ । संलगन सबैलाई कानूनी दायरमा ल्याएर छाड्छौं ।’

हत्यामा संलग्न देखिएका चुरियामाई वालुवा प्रशोधन केन्द्र नामको क्रसर उधोग संचालक विपिन महतो, टिपर चालक मुनिन्द्र महतो, युवक रोशन यादब र लोडर चालक जितेन्द्र कुमार महतोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । टिपर चालक र लोडर चालक महतोले क्रसर संचालकको निर्देशनमा दिलिपलाई किचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक दिलिपलाई बोलाएर लगेका भनिएको रोषण पनि क्रसर संचालकसँग कनेक्सन देखिएकाले उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=H5fZwmIwjHk

शुक्रवार विहान २६ वर्षीय दिलिपलाई घर नजिकैको औरही खोलामा पक्राउ परेकाहरु योजनावद्ध ढंगले हत्या गरेको थियो । घटनामा ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादब र वडाध्यक्ष श्यामबाबु यादबको संलग्नता पनि पीडित परिवारले दावी गरेका छन् ।

घटनास्थलमै दिलिपको मृत्यू भइसकेपनि मुचुल्का नउठाई हतार हतार जनकपुरस्थित अस्पताल लगिएकाले उनीहरुमाथि पनि शंका गरिएको छ । तर प्रहरीले यसबारे केहि बोल्न मानेका छैन ।
घटनाको ३६ घण्टापछि आज साँझ पीडित परिवारले मृतक दिलिपको शव बुझेका छन् । प्रादेशिक अस्पताल अस्पताल जनकपुरमा दिलिपको पोष्टमार्टम पश्चात लाश पीडित परिवारले बुझेर घर लगेका हुन् । घटना गम्भिर प्रकृतिको भएका कारण तीन चिकित्सकले तीन घण्टा लगाएर उनको पोष्टमार्टम गरेको बताइएको छ ।

प्रहरीले मुचुल्का गलत बनाएको भन्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेको थियो । पछि पीडित परिवारको चित्त बुझ्ने गरी मुचुल्का बनेको प्रहरीले देखाएपछि पीडित परिवार शव बुझे । उनको दाहसंस्कार आज राति नै हत्या भएकै ठाउँमा गर्ने आफ्न्तले जनाएको छ । घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै जनकपुरमा विभिन्न संघसंस्थाले प्रदर्शन समेत गरेको छ ।

प्रकाशित : २०७६ पुष २६, शनिबार २२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ