गुण्डा पत्रकारलाई कारबाही गर भन्दै जनकपुरमा महिलाहरुद्वारा प्रदर्शन


सिबेन्द्र यादब/ जनकपुरधाम, २७ पुस । जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला जनप्रनिधि र कर्मचारीहरुमाथि कुटपिट गर्ने पत्रकारहरुलाई कानूनी कारबाही गर्न महिलाहरु आईतवार प्रदर्शन गरेकी छन् ।

जनकपुरको गोपाल धर्मशालाबाट महिला संघर्ष समितिको आयोजनामा महिला कर्मचारीहरुले निकालेको जुलुस विभिन्न ठाउँको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएकी हुन् । उनीहरुले प्रदर्शनका क्रममा गुण्डा पत्रकार अनिल मिश्र मुर्दावाद, महिलाहरुमाथि दुव्र्यवहार र कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर, पत्रकारिताको नाममा गुण्डागर्दी बन्द गर जस्ता नारा लगाएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई उनीहरुले ज्ञापनपत्र वुझाउदै महिलाहरुमाथि कुटपिट र दुव्र्यवहार गर्ने पत्रकारहरुलाई ५ दिनभित्र कानुनी कारवाही गर्न माग गरेकी छन् । उनीहरुले कारबाही प्रक्रिया ५ दिनभित्र अगाडी नबढाए आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् ।

महिला संघर्ष समितिका अध्यक्ष उर्मिला देवी मण्डलद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा उपमहानगरपालिकालाई नमुना शहर वनाउनबाट रोक्न कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतमाथि कारबाही गर्न मात्र गरिएको छ ।

चार दिनअगाडी प्रतिक्रिया लिन विना अनुमती कार्यकक्षमा प्रवेश गरी पत्रकारहरुले मेयर लालकिशोर साहलाई दुव्र्यवहार गरेका थिए । साथै उनीहरुले महिला जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरुलाई समेत कुटपिट गरेको महानगरका कर्मचारीहरुले आरोप लगाएका छन् ।

प्रकाशित : २०७६ पुष २७, आईतवार २१:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ