सप्तरीमा यस्तो कसाइ आमा : आफ्नै शिशुको हत्या गरेपछि पक्राउ


सप्तरी, २८ पुस । गत मंसिर २८ गते सप्तरीको रुपनी गाउँपालिकामा नवजात शिशु मृत फेला परेको सन्दर्भमा एक महिलालाई पक्राउ गरिएको छ । पक्राउ परेकी महिलाले आफ्नै गर्भबाट जन्मिएको शिशुलाई फ्याँकेकी थिइन् ।

श्रीमान् वैदेशिक रोजगारमा गएको बखत अवैध सम्बन्धबाट जन्मिएको आफ्नै सन्तानलाई फ्याँकिने रुपनी गाउँपालिका वडा नम्बर ३ की उमादेवी शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

२५ बर्षीया उनलाई पक्राउ गरी उनको गर्भबाट बच्चा जन्मिएको मिति र वास्तविकता परीक्षण गर्न बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।फ्याँकिएको बच्चाको प्रहरीको अनुसन्धान गर्ने क्रममा उमा नै दोषी देखिएको र उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरिएको प्रहरीको भनाई छ ।

उमालाई यसअघि पनि दुई जना छोरी रहेको र श्रीमान् केहि बर्षदेखि मलेसियामा काम गर्दै आएको बताइएको छ ।

प्रकाशित : २०७६ पुष २८, सोमबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ