सात हजार घुससहित नापीका सर्वेक्षक साह पक्राउ


सुनसरी, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय मोरङमा कार्यरत सर्वेक्षक दिनेशकुमार साहलाई सेवाग्राहीसँग लिएको सात हजार घुससहित नियन्त्रणमा लिएको छ ।

जग्गा नापी गरी सिमांकन गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका थिए ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बेलबारी नगरपालिका १० भाउन्ने चोकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित : २०७६ पुष २८, सोमबार २०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ