दिलिप महतो हत्यारालाई कडा कारबाही गर्न क्षीरेश्वरनाथ मेयरको माग


जनकपुरधाम, २९ पुस । धनुषा जिल्लाको मिथिला नगरपालिकाको वडा नम्बर ५ मा रहेको औरही खोलामा गरिएको दिलिप महतोको हत्यामा संलग्न रहेका दोषीहरुलाई कडा कार्वाही गर्न माग गरिएकोछ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ४ धनुषाका सभापति समेत रहेका क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारले दोषीमा संलग्न अपराधीहरुलाई कडा कार्वाही गर्नु पर्ने माग गरेका छन् । नेपाली काँग्रेसका सदस्य रहेका महतोलाई गत शुक्रवार बिहान करिब ४ बजे औरही नदीमा हत्या गरिएको थियो ।

अबैध रुपमा उत्खन्नगरि नदीजन्य वस्तुहरुको अबैध धन्धामा संलग्न रहेकाहरुको बिरोधगर्दा महतोको हत्या गरिएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा क्रसर सञ्चालक बिपिन महतो, चालक मुनिन्द्र महतो, लोडर जितेन्द्र महतो र रोशन यादवलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।

‘नियोजित रुपमा पर्यावरण संरक्षण अभियानमा लागेका महतोको हत्या गरिएको छ,’ सभापति पञ्जियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चुरेदोहन रोक्न सार्थक प्रयास गर्ने महतो हत्याले सर्वत्र चिन्ता बढाएकोछ । बढदो दण्डहिनताले अपराधीहरुको मनोबल बढेको औल्याउँदै उनले शान्तिसुरक्षालाई सुदृढ बनाउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

महतोलाई पर्यावरणीय सहिद घोषणाको मागगर्दै राज्यले मृतकका परिवारलाई राहत उपलब्ध गराउन उनले माग गरेका छन् । दिवंगत आत्माको चीरशान्तिको कामनागर्दै सभापति पञ्जियारले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित : २०७६ पुष २९, मंगलवार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ