वीरगन्जमा श्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या बढ्दै


बीरगंज, २९ पुस । बीरगंजमा श्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ । सोमबार पनि एक जना भारतीय नागरिक श्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् । एक साता नबित्दै बीरगंजबाट अर्का भारतीय नागरिक श्रोत नखुलेको रु तीन लाख नेपालीसहित पक्राउ परेका हुन् ।

सोमबार भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको चम्पारण रक्सौल निवासी २१ बर्षीय जबिउल्लाह आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई वीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको छ ।

चेकजाँचका क्रममा बीआर ०५ भी ३४४४ नम्बको मोटरसाइकलमा नेपाल आउँदै गर्दा उनलाई रकमसहित पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रण्णमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

यसअघि गत मंगलबार मात्रै रक्सौलकै राजु कुमार श्रीवास्तवलाई श्रोत नखुलेको रु ४ लाख ४५ हजार नेपाली रुपैयाँसहित पक्राउ गरिएको थियो । बीआर–०१ सिके ९७९६ नम्बरको स्कुटरमा वीरगञ्जतर्फ आउँदै गरेका ४९ बर्षीय उनलाई वीरगंजको रजत जयन्ती चोकबाटै नियन्त्रणमा लिइएको थियो ।

यसअघि १० पुसमा श्र्रोत खुलाउन नसकिएको रु चार लाख रकमसहित रक्सौलकै ४४ वर्षीय सुशील कुमार शर्मा, सरोजनी कुमारी तथा बीरगञ्ज महानगरपालिका १० का राज कुमार अग्रवाललाई पक्राउ गरिएको थियो ।

प्रकाशित : २०७६ पुष २९, मंगलवार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ