धनुषामा कलेज बसको ठक्करले २ को मृत्यू, आक्रोसित स्थानीयले बसमा आगो लगाए


सिबेन्द्र रोहिता/ धनुषा, २९ पुस । जनकपुर–ढल्केबर सडक खण्डमा मोडेल मल्टिपल कलेजको बसले एक मोटरसाइकललाई ठक्कर दिएपछि दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।

लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ आउदै गरेका ज १ क २८२ नम्बरको कलेजको बसले ज. १० प. ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएपछि आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका ७ का सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका अनवर राईको मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष २९, मंगलवार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ