राजपा नेता रामबाबु यादवमाथि ठगी मुद्दा दर्ता


मलंगवा, १ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सित राष्ट्रिय चुनावमा गठबन्धन गरे लगतै राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका केन्द्रिय सदस्य राम बाबु राय यादवमाथि ठगी मुद्दा दर्ता गरिएकोे छ ।

सत्तारुढ नेकपा सर्लाहीका नेताहरुको दवावमा यादवमाथि मुद्दा लगाइएको स्थानीय बुद्धिजीबि सर्वसधारणहरुले आरोप लगाएका छन् ।तर प्रहरीले एकपछि अर्को मुद्दा लगाउन थालेको छ ।उनी सर्लाही बरहथवा नगरपालिका क्षेत्रको लोकप्रिय नेता मानिन्छन् ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दा अन्तरगत कारबाही प्रकृया अगाडी बढाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सुरक्षाकर्मी विरुद्ध दुव्र्यवहार मुद्दामा थुनामा राखेको प्रहरीले अदालतबाट ठगी मुद्दामा म्याद थप गरी कार्वाही अगाडी बढाएको छ ।

ठगी मुद्दा अन्तर्गत अनुसन्धान गर्न पाँच दिनको म्याद गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जनाए । ‘यादवविरुद्ध तत्कालका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाएका थियौं’, प्रउ पोखरेलले भने, यादव विरुद्ध प्रयाप्त प्रमाण जुटेकोले अब ठगी मुद्दामा अदालतबाट नै म्याद थप गरिएको छ ।

यादव परिवारमाथि प्रहरीले अनावश्यक यातना दिन थालेको आरोप स्थानीयको छ । उनीहरुले प्रहरी विरुद्ध नारावाजीपनि गरे । तर सत्तारुढ दलसित साँठगाँठ गरेका राजपाका नेताहरु मौन छन् । सर्लाही जिल्लाकै राजेन्द्र महतो र महेन्द्र राय यादव अध्यक्ष मण्डलका सदस्य छन् ।

महन्थ ठाकुरकोपनि पुराना चुनावी जिल्ला सर्लाही नै हो ।

प्रकाशित : २०७६ माघ १, बुधबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ