जनकपुरमा मुख्यमंत्री राउत र मंत्रीहरुको तस्विरमा जुत्ता हान्ने ४ उपभोक्ता पक्राउ


जकपुरधाम, ३ माघ । गत आर्थिक बर्षको भुक्तानी हालसम्म नदिएको भन्दै उपभोक्ता संघर्ष समितिले उग्र आन्दोलन सुरु गरेको छ । शुक्रवार जनकपुरमा मुख्यमंत्री लालबाबु राउतदेखि मंत्रीसम्मको तस्विर राखिएको विरोधी व्यानरमा जुत्ता चप्पल हान्न थालेपछि चार उपभोक्तालाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम । भुक्तानी नपाएका प्रदेश २ का आठै जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरुले गठन गरेका समितिले आज प्रदेश सरकार विरूद्ध जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरे ।

प्रदर्शनका लागि बनाएको व्यानरमा मुख्यमंत्री राउत, भोतिक पुर्वाधार मंत्री जितेन्द्र सोनल, सामाजिक विकास मंत्री नवलकिशोर साह सहितका मंत्रीहरुको तस्विर राखेका थिए । उक्त व्यानरमा उपभोक्ता समितिहरुले जुत्ता चप्पल हानेपछि चारजनालाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा समितिका संयोजक रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साह छन् । प्रहरीले उनीहरुलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगिएको छ । काम सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएछि रकमको ब्याज तिर्नु परिरहेकोले मन्त्रीहरुमाथि जुत्ता चप्पल प्रहार गरेको एक उपभोक्ताले बताए ।

केहि दिन अगाडी उपभोक्तहरु भूक्तानी माग्दै प्रदेश सभा भवन अगाडी समेत प्रदर्शन गरेका थिए । प्रदेशका विभिन्न मन्त्रालय मार्फत गत आर्थिक वर्षमा काम गरेका ८ सय उपभोक्ता समितिको ९१ करोड रुपैयाको भुक्तानी अझै हुन सकेका छैन ।

प्रकाशित : २०७६ माघ ३, शुक्रबार १२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ