सिरहामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते


जनकपुरधाम, ४ माघ । सिरहामा डिजे साउण्ड सिस्टमु लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ट्याक्टरमा सवारमध्ये पाँचजना घाइते पनि भएका छन् ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका ७ चोहर्वा चोकनजिकै स १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा लहान नगरपालिका १३ का २१ वर्षीय सन्तोष कुमार यादव र सिरहाकै धनगढी नगरपालिका १२ का २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको गोलबजार प्रहरीले जनाएको छ ।

ट्याक्टरमा १३ जना सवार थिए । तीमध्ये पाँचजना घाइते पनि भएका छन्। उनीहरूको उपचारका लागि लहान लगिएको छ । बाख्रालाई जोगाउन खोज्दा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । उनका अनुसार घाइतेहरू खतरामुक्त रहेको बुझिएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रहरीले रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । दुर्घटना भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : २०७६ माघ ४, शनिबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ