सीके राउत नवराजपुरमा बलिदानी दिवस मनाउने


जयनाथ यादब/ लहान, ४ माघ । मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ ।

२०६३ माघ ५ गते लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर महतोको मृत्यू भएको थियो । त्यसपछि मधेसभर आगो झै आन्दोलन फैलिएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा. राउत लहानस्थित शहिद महतोको शालिकमा माल्र्यापण गर्ने र त्यसपछि भगवानपुर गाउँपालिकाको बालासुन्दरी भगवति मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि नवराजपुर वडा नम्बर ४ सोनवर्षा पुगेर बलिदानी सभा गर्ने नवराजपुर गाउपालिका जनमत पार्टीका संयोजक गोविन्द यादवले जानकारी दिए ।

प्रकाशित : २०७६ माघ ४, शनिबार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ