जनकपुरमा कारमा भेट्यो गोली लोडेड पेस्तोल, दुई जना पक्राउ


जनकपुरधाम, ४ माघ । जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा मोटरसाइकललाई ठक्कर दिने कारबाट पेस्तोल बरामद भएको छ । पेस्तोलसँगै ६ राउण्ड गोलीसमेत बरामद भएपछि कारमा सवार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको दिए । प्रहरी घटनास्थलामा पुगेर कार चेकजाँच गर्दा ६ राउण्ड गोली लोडेड अवस्थामा पेस्तोल बरामद भएपछि कारमा सवार दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा गाडीधनीसमेत रहेको क्षीरेश्नवरनाथ नगरपालिका १ का जितेन्द्र कुमारयादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् । दुवैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

कारले ठक्कर दिपछि मोटरसाइकलमा सामान्य क्षति भएको छ । मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७६ माघ ४, शनिबार २१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ