अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय


काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवारका रुपमा अघि सार्ने निणृय गरेको छ ।

आज बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो । नेकपाको यो निर्णयसँग लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक सूचारु हुने भएको छ ।

प्रतिनिधिसभाको बैठक भोलि एक बजे बस्दैछ । नेकपा अध्यक्षद्वयबीच पटकपटकको छलफलमा पनि यो विषयमा सहमति हुन सकेको थिएन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । तत्कालीन माओवादीले आफूले उक्त पद पाउनुपर्ने दाबी गर्दै आएको थियो भने तत्कालीन एमाले पनि आफ्नोतर्फबाट सभामुख बनाउनुपर्ने अडान राखेको थियो ।

प्रकाशित : २०७६ माघ ५, आईतवार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ