आत्महत्या दुरुत्साहन मुद्दामा पत्रकार रवि लामिछाने निर्दोष ठहर


चितवन, ५ माघ । पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या प्रकरण’मा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना निर्दोष ठहरिएका छन् ।

आइतबार जिल्ला अदालत चितवनका न्यायाधीशले हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो । न्यायाधीश रावलले तीन जनालाई सफाइ दिएको पुष्टि गरे ।

दुरुत्साहनको मुद्दामा पक्राउ परेका लामिछानेसहित पत्रकार कँडेल र कार्कीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो ।

प्रकाशित : २०७६ माघ ५, आईतवार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ