सिरहामा बँदेलको आक्रमणवाट श्रीमान–श्रीमती घाईते


सिरहा, ६ माघ । जंगली बँदेलको आक्रमणमा परि सिरहा कल्याणपुर नगरपालिकामा एक दम्पत्ति घाईते भएका छन् ।

खेतमा काम गर्दै गरेको अवस्थामा जंगली बँदेलले आक्रमण गरेपछि कल्याणपुर नगरपालिका १० करुन्याहीका किसुन मण्डल र उनको श्रीमती घाईते भएकी हुन । बँदेलको आक्रमणवाट घाईते भएका दुवै जनाको कल्याणपुर बजारस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

जंगली बँदेल र निल गाईको आक्रमणबाट सिरहाका किसान चिन्तित बनेका छन् । खेतमा लगाईएको बालीमा क्षति पुर्याउँदै आएका निल गाई र बँदेल धपाउन खोज्दा आक्रमणको शिकार हुँदै आएको कल्याणपुर नगरपालिका–१ बनिनियाँका किसान अशोक कापरले बताए ।

प्रकाशित : २०७६ माघ ६, सोमबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ