लहानमा सडक अतिक्रमण गरी बनाएका घरहरुमा यसरी चल्दैछ डोजर


फिरोज शेख /लहान, ८ माघ । सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्र लहानमा सडक अतिक्रमण तथा ऐलानी जग्गामा बनाइएका घर-टहरा हटाउने अभियान अन्तर्गत सरसफाई अभियान लाई लहान नगरपालिकाले निरन्तरता दिएका छन ।

विगत ३ महिनादेखि लहान ८ रोड नम्बर २ मा ढल ( नाला ) निर्माण तथा सडक बिस्तार गर्ने कार्य केहि व्यक्तिको घर-टहराको कारणले अवरोध भइरहेको अवस्थामा लहान नगरपालिका तथा वडा कार्यलयले पटक- पटक अतिक्रमित जग्गा खालि गरिदिनहुन अनुरोध गर्दा पनि अटेर गरिरहेको हुँदा वडा अध्यक्ष विजय कुमार महतोको अगुवाई तथा ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमलराजभण्डारी, ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री, शास्त्रका डिएसपी अर्जुन कटुवाल, जिल्ला ट्राफिक प्रमुख खगेन्द्र एक्तेन, नगरपालिकाबाट खटिएका नगर प्रहरी र सरसफाई कर्मचारीको संयुक्त सहभागितामा लहान ८ रोड नम्बर २ मा सडक तथा ऐलानी जग्गा अतिक्रमण गरि बनाइएका पुर्व मन्त्रि लक्ष्मन मेहता निवासको पुर्वपट्टिको घर -टहरा लगायत ४ जनाको घर -टहरा लाई ३ वटा जेसिवी परिचालन गरि मंगलबार हटाईएको छ ।

घरटहरा हटाउने क्रममा सामान्य विवाद भएपनि ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमलराजभण्डारी, ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री, शास्त्रका डिएसपी अर्जुन कटुवालले सम्झाई -बुझाई गरेपछि घर-टहरा हटाउन सबैले सहयोग गरेका थिए ।

प्रकाशित : २०७६ माघ ८, बुधबार १०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ