क्रस भोटिङको त्रासमा राजपा–नेकपा गठबन्धन, दुई मतदाता एकै पटक मतदान गर्ने !


जनकपुरधाम, ९ माघ । राष्ट्रियसभाको चार सदस्यका लागि आज जनकपुरमा निर्वाचन हुँदैछ । विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान स्थलमा सुरक्षा कडा पारिएको छ ।

महोत्तरीको बर्दिवासमा प्रशिक्षण पाएका नेकपा–राजपाका मतदाताहरु एकै पटक मतदान गर्नेछन् । एक पटकमा यी दुई दलबाट एक÷एक जना मतदाता एकै पटक मतदान गर्नेछन् ।

प्रशिक्षणका क्रममा एकअर्कामाथि विश्वास कायम गर्ने सम्बन्धमा व्याप्क छलफल भएको छ । छलफलकै क्रममा एक पटकमा गठबन्धनका दुई जना मतदातालाई मतदान गर्न लगाइने निष्कर्षमा पुगिएको श्रोतले जनाएको छ । ‘पहिला राजपाका मतदाता मतदानका लागि जानेछन्’ श्रोतले भन्यो, ‘राजपा मतदाताका पछाडि नेकपाका मतदाता रहनेछन् ।’

नेकपा–राजपा गठबन्धनका मतदाताहरुले क्रस भोटिङ्ग गर्ने चर्चा चलेपछि एकअर्कामा विश्वास कायम गर्नका निम्ति यो विधी अपनाइएको छ । प्रशिक्षणमा सहभागी एक जनप्रतिनिधीका अनुसार मतदान गर्नका लागि लाइनजस्तोसुकै भएपनि एकै पटक राजपा र नेकपाका मतदाता मतदान गर्न लाइनमा लाग्नेछन् ।

एकले अर्काले गरेको मतदान गरेको हेर्ने हिसावले पनि यो नियमको अबलम्बन गरिएको बताइएको छ । यहीं गठबन्धन्धनमा मत क्रसको सम्भावनालाई देख्दै राजपाले यसअघि नै ह्वीप लगाइसकेको छ ।

प्रकाशित : २०७६ माघ ९, बिहीबार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ