जनकपुरधाममा सरस्वती पूजामा डिजे बाजा बजाउन प्रतिबन्ध


जनकपुरधाम, ९ माघ । सरस्वती पूजाको अवसरमा डिजे बाजा बजाउन जनकपुरधाम उपमहानगरपालिकाले प्रतिबन्ध लगाएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादबले सूचना जारी गरेर डिजे बाजा नबजाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको हो ।

पठन पाठनमा बाधा नहुने गरी माघ १६ गते एक दिन मात्र विद्यार्थी तथा अभिभावकको रुची अनुसार पूजामा सहभागि गराउन सूचना मार्फत अपिल गरेको छ । साथै पुजाका गतिविधि संचालनमा विभिन्न किसिमका डिजे बाजा, उच्च ध्वनी, अश्लील गीतहरु नबजाउन पनि भनिएको छ ।

यस्तै पूजामा अनावश्यक विद्यार्थी परिचालन नगर्न/नगराउन समेत अनुरोध गरिएको छ । विगतका वर्षहरुमा उच्च स्वरमा डिजे बजाउने र अश्लिल गितहरु बजाउने गरिन्थ्यो । त्यसैले उपमहानगरपालिकाले सूचना नै जारी गरी त्यस्तो गलत गतिविधि नगर्न अनुरोध गरेको छ ।

प्रकाशित : २०७६ माघ ९, बिहीबार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ