सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन जारी, आजै परिणाम सार्वजनिक हुने


काठमाडौं, ९ माघ । राष्ट्रिय सभाको रिक्त रहेको १८ पदका लागि आज निर्वाचन हुँदै छ । आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई दुई जना उम्मेदवारी दिएका छन् ।

यस्तै प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजान, कर्णाली र सुदूरपश्चि प्रदेशमा महिला र अन्य समूह दुईदुई जना गरी जम्मा १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् ।

निर्वाचन आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा मतदान केन्द्रको निर्माण सम्पन्न भएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना शुरु गररे आज नै सबै परिणाम सार्वजनिक गरिसक्ने व्यवस्थाका लागि निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने कार्यमा सहयोगका लागि सरोकारवाला सबैसँग आग्रह गरे । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ राजनीतिक दलका तर्फबाट ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश सभा सदस्य तर्फका पाँच सय ५० र स्थानीय तह तर्फ एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहेको आयोगले जनाएको छ ।

प्रकाशित : २०७६ माघ ९, बिहीबार १४:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ