सप्तरी जिल्ला प्रशासनका कर्मचारी ४ हजार घुससहित पक्राउ


राजविराज, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा कार्यालय सहयोगी केशवकुमार यादव पक्राउ परेका हुन् ।

करारमा कार्यरत रहेका यादवले सेवाग्राहीलाई मुद्दा मिलाइदिन्छु भन्दै चार हजार माग गरेका थिए । गोप्य सुचनाको आधारमा खटिएको अख्तियारको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै यादवलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यादवमाथि थप अनुसन्धानका लागि सम्पर्क कार्यालय इटहरीले लगिने तयारी भइरहेको छ ।

– जनता समाचार

प्रकाशित : २०७६ माघ ९, बिहीबार १५:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ