सिरहाका चौधरी हात्तीको दाह्रासहित ललितपुरबाट पक्राउ


जनकपुरधाम, १० माघ । हात्तीको दाह्रासहित प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगननखेल बसपार्कबाट १ थान हात्तीको दाह्रासहित पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ १०, शुक्रबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ