सिरहाको औरहीमा जलाएर महिलाको हत्या गरेको आरोप, श्रीमान पक्राउ


सिरहा, १२ माघ । सिरहाको औरही गाउँपालिका ५ औरहीमा शुक्रबार राती खाना पकाउँदै गरेकी महिलाको जलाएर हत्या गरेका माइती पक्षले आरोप लगाएको छ ।

आगोले जलेर गम्भिर घाइते भएकी विनोद यादवकी पत्नी करिब २५ वर्षीया अनितादेवी यादवलाई विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएकोे थिया २५ वर्षीया अनितादेवी यादवलाई काठमाडौं आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी सिरहाका अनुशार मृतकका पति विनोद यादवलेनै आगो लगाएको प्रहरी ब्यानको क्रममा सुहिकार गरेको प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए । उनले माइती पक्षले अनितालाई जलाएर हत्या गरेको मौखिक उजुरी गरेपछि विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिइएको छ ।

औरही गाउँपालिका १ दरहैयाकी अशोक यादवकी छोरी अनिताको २०६८ सालमा विनोदसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । वैदेशिक रोजगारीमा गत हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजुले अनिता चरित्रको विषयमा कुरा लगाएर आगो लगाएको हजूरबा सुदीलाल यादवले बताए ।

औरही गाउँपालिकाका कार्यपालिका सदस्य कामेश्वर सिंहले घटना लगत्तै थाहा पाएपछि उनको घर पुग्दा आगोले जलेर सख्त घाइते भएकी अनितालाई हेर्न नसकेपछि आफू घर फर्किएको बताए ।

प्रकाशित : २०७६ माघ १२, आईतवार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ