सिरहाको मिर्चैयाबाट ११ जुवाडे पक्राउ, करिब १ लाख रुपैया बरामद


लहान, १२ माघ । प्रहरीले सिरहाको मिर्चैया बजारबाट एक दर्जन बढी जुवाडेलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको युनिक फोटो कपी पसलभित्र जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका ६ का २७ वर्षीय नरेश झा, सोही वडाका २४ वर्षीय सुरज कुमार साह, वडा ८ का २४ वर्षीय मनोज यादब, २५ वर्षीय राजाराम साह छन् । यस्तै मिर्चैया नगरपालिका ३ का २३ वर्षीय सरोज कुमार चौधरी, २६ वर्षीय जितेन्द्र साह, वडा ५ का २६ वर्षीय बिनोद कुमार साह, ३६ वर्षीय बिनोद साह, वडा ४ का २९ वर्षीय जितेन्द्र साह, वडा २ का २५ वर्षीय श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ का ३९ वर्षीय श्याम सुन्दर साह पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ९६ हजार २ सय ९० रुपैया नेपाली र ४ हजार ८० भारतीय रुपैया बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका सबै जनामाथि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : २०७६ माघ १२, आईतवार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ