महोत्तरीबाट २१ तोला सुन र कारसहित धनुषाका तस्कर महतो पक्राउ


महोत्तरी, १३ माघ । जिल्लाको मटिहानी नगरपालिका–८ बाट २१ तोला सुनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का २३ वर्षीय दीपक महतो छन् ।

सशस्त्र प्रहरीले १६ लाख २४ हजार ६०६ रुपैया बराबरको २१ तोला सुन र बा १२ प ५०७६ नम्बरको कारसहित महतोलाई पक्राउ गरेको जनाएको छ । महतोले सुन कारमा राखेर नेपालबाट भारत तस्करी गर्न लागिएको प्रहरीको भनाई छ ।

महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित जिल्लाको भन्सार कार्यालय जलेश्वरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ १३, सोमबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ