तीन ट्रक एक आपसमा जुध्दा तीन जनाको मृत्यु, ९ जना घाइते


बुटवल, १४ माघ । रूपन्देहीको रोहिणीमा तीन वटा ट्रक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

भैरहवाबाट परासी जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा तीन जनाको ज्यान गएको हो ।

तीन जनाको घटनास्थलमै ज्यान गएको जनाएको र मृतक कसैको पनि सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । यीमध्ये ४ को अवस्था गम्भीर छ ।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिएका छन् । बाक्लो हुस्सु र कुहिरोले दुर्घटना भएको अनुमान गरिए पनि वास्तविक कारण खुलेको छैन ।

प्रकाशित : २०७६ माघ १४, मंगलवार १३:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ