वीरगन्जमा गौहत्या र तस्करीविरुद्ध परिषद्को प्रदर्शन, आन्दोलनको चेतावनी


पर्सा, १४ माघ । हिन्दु परिषद् नेपालले मंगलबार वीरगञ्जमा गौहत्या र तस्करीको विरोधमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागिहरुले गाईको हत्या र तस्करी गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । वीरगञ्जको घण्टाघरबाट सुरु गरेको प्रदर्शन माईस्थान, महाबीरस्थान, अलखिया मठ, आदर्शनगर, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमै पुगेर कोणसभा गरे ।

हिन्दु परिषद नेपालका केन्दीय अध्यक्ष सन्तोष पटेलले नेपालबाट गाई तस्करी भइरहेको बताए । उनले गाई तस्करी नरोकिए कडा आन्दोलनम उत्रिने चेतावनी समेत दिए ।

प्रकाशित : २०७६ माघ १४, मंगलवार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ