रौतहटमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान


रौतहट, १५ माघ । रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

मंगलबार राति इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच  गोली हानाहान भएको रौतहट प्रहरीले जनाएको छ । 

प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ।  प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ।

प्रकाशित : २०७६ माघ १५, बुधबार १०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ