धनुषाको जटहीमा शहिद दुर्गानन्दको विशाल ‘द्धार’ र ठूलो कदको शालिक बन्ने


जनकपुरधाम, १५ माघ । शहीद दूर्गानन्द झाको नाममा धनुषाको जटहीमा अन्तर्राष्ट्रिय स्तरको ‘द्वार’ बनाउने घोषणा गरिएको छ । नगराइन नगरपालिकाले शहिद झाको नाममा ‘द्वार’ वनाउनेछ ।

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले शहीद झाको नाममा भव्य प्रवेश ‘द्वार’ र उनको ठूलो कदको शालिक स्थापनाका लागि आग्रह गरे । त्यसपछि नगराइन नगरपालिकाका मेयर प्रमेश्वर यादबले विशाल ‘द्धार’ र ठूलो कदको शालिक बनाउने घोषणा गरेका हुन् ।

जटही जनकपुरधाम–ढल्केव सडक ६ लेनको बनिरहेको छ । पहिला पनि शहीद झाको नाउँमा ‘द्वार’ निर्माण गरिएको छ । तर उक्त सडक निर्माण भइरहेका कारण पुरानो ‘द्धार’ भत्काउनुपर्ने देखिएको छ ।

उपसभापति निधिले चार करोड/पाँच करोड जे लागेपनि नयाँ ढंगले आकर्षक बनाउन आग्रह गरेका छन् ।

दुर्गानन्द झा २१ वर्षकै उमेरमा जनकपुरमा तत्कालिन राजा महेन्द्रको गाडीमा बम प्रहार गरेका थिए । त्यसपछि उनलाई २०२० माघ १५ मा मृत्यूदण्डको सजाय दिएको थियो । निरंकुश शासन विरुद्ध राजा महेन्द्रमाथि बम प्रहार गरेका झालाई मृत्यूदण्ड दिएको ५२ वर्षपछि कम्यूनिष्ट सरकारले शहिद घोषणा गरे ।

शहिद झाको बलिदानीको सम्झनामा रहेक वर्ष जटहीमा स्मृति दिवस मनाइदै आएको छ । काँग्रेसले यसवर्ष भव्य रुपले स्मृति दिवस मनाइयो ।

प्रकाशित : २०७६ माघ १५, बुधबार २२:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ