मुख्यमन्त्रीलाई मन्त्रीहरुको कामको चेक गर्ने अधिकार छ : राजपा सचेतक साह


जनकपुरधाम, १६ माघ । प्रदेश २ मा समाजवादी–राजपा गठबन्धनमा भने पछिल्लोपटक केहि किचलो देखिएको छ । गठबन्धन छुट्टिने चर्चा पनि जोड्तोड्ले चलेको छ । राजपाले नेकपासँग गठबन्धन बनाएर सरकार बनाउने चर्चासँगै मन्त्री फेरबदलको कुरा पनि बाहिर आएको छ ।

यद्यपी राजपाका सचेतक मन्त्रीहरुले काम गर्न सके/नसकेको सन्दर्भमा ‘चेक’ गर्ने काम मुख्यमन्त्रीको रहेको बताएका छन् । साहले सरकारको नेतृत्व मुख्यमन्त्रीले गरिरहेको बताउँदै मन्त्रीले गरेको कामको मूल्यांकन गर्ने र चेक गर्ने अधिकार उहाँकै भएको बताउँछन् ।

‘चाहे समाजवादीको होस् या राजपाको मन्त्री । यदी सरकारको काम, जनताप्रतिको जिम्मेबारी बहन गर्न कमजोर छन् अथवा कुनै किसिमले असफल छन् भने त्यो चेक गर्ने अधिकार मुख्यमन्त्रीलाई नै हुन्छ । उहाँलाई चेक गर्नुपर्छ,’ उनले भने ।

गठबन्धनको नाताले दुबै पार्टीले पनि यो कुराको विश्लेषण गरिनुपर्ने बताउँछन् उनी । यो बिषयमा छलफल हुनुपर्छ । यदी मन्त्रीमा कमीकमजोरी छ भने त्यसलाई सुधार्ने मौका दिनुप-यो’ सचेतक साह भन्छन्, ‘नभै मुख्यमन्त्रीलाई सबै अधिकार छ । उहाँले जे चाहेमा गर्न सक्नुहुन्छ ।’

https://www.youtube.com/watch?v=z2io_P2wjAs

सरकारको गठनबाट जनताको आशा, भरोसा र विश्वास पूरा हुन नसकेको बताउँदै उनी भन्छन्, “सरकारलाई जुन रुपमा भूमिका देखाउनुपर्नेथ्यो त्यो देखिन सकेको छैन् ।” अनुभवको कमी, म्यानपावरको कमी र अन्य अन्य कारणले पनि सरकार स्पिडमा अगाडि बढ्न नसकेको उनको भनाई छ ।

दुई बर्षको सरकारको समय छोटो भएपनि जनताको हिसाबले ठूलो रहेको भन्दै उनले त्यो ढँगले विश्लेषण गरेमा सरकार निश्चित रुपमा जनताको नजरमा कमजोर देखापरेको बताए । सचेतक साह यसलाई सुधार गर्नुपर्नेमा जोड् दिन्छन् ।

‘उनले भने, ‘यहीं गठबन्धनको सरकार रहीरहनुपर्छ । तर सुधारेर अगाडि बढ्नुपर्छ । जनताको चाहना यही गठबन्धन रहीरहोस् भन्ने हो ।’ जनताको अपेक्षा पूरा हुन नसकेको सन्दर्भमा बाँकी समयमा सरकारलाई कसरी अगाडि बढ्नुपर्छ भन्ने बिषयमा बसेर छलफल, विश्लेषण गर्नुपर्नेमा जोड् दिन्छन् उनी, ‘सरकार किन पछाडि प¥यो, यसको कारण के होला ?, त्यसको खोजी गर्दै योजना बनाउनुपर्छ ।’

बाँकी रहेको आगामी तीन बर्षलाई राम्रो बनाउनेतर्फ ध्यान दिनु जरुरी रहेको बताउँछन् उनी । यसबाहेक आपसी द्वन्द्वलाई समाप्त गरेर जनतालाई देखाएको सपना पूरा गर्नुपर्छ’ उनी भन्छन्, ‘यदी यसमा असफल भएमा यो सरकार मात्रै असफल हुँदैन् । मधेशवादी दल नै असफल हुन्छ । जनताको आन्दोलन असफल हुन्छ । मधेशको शहीदको सपना असफल हुन्छ ।’

प्रकाशित : २०७६ माघ १६, बिहीबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ