बिबिसीको समाचार शाखाका निकालिए ४५० कर्मचारी


काठमाडौं, १६ माघ । बेलायती प्रसारण संस्था बिबिसीका ४५० जनाको रोजगारी गुमेको छ ।
खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बिबिसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ ।

बिबिसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो ।

‘बिबिसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,’ बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने । एजेन्सी

प्रकाशित : २०७६ माघ १६, बिहीबार १२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ