विदेश जान रुपैया छैन ? अब प्रदेश २ का यूवाले यसरी पाउनेछन् बिना धितो ऋण


जनकपुरधाम, १६ माघ । प्रदेश सरकारको समन्वयमा प्रदेश २ बाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन शुरु गरेको छ । प्रदेश सरकार, सिप परियोजना र प्रभु बैंक बीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले आज बाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो ।

जनकपुरको सिता शरण हो्टेलमा आयोजित एक कार्यक्रम बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा प्रदेश २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन । उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा शुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हद सम्म समाधान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अव वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सिप सिकेर जानु पर्नेमा जोड समेत दिनु भयो ।

यस अघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो । प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबिआई बैंक विच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन् ।

प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकार संग गरेका छन । यस योजना अन्तर्गत बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनु पर्ने छ । लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउमा बचत खाता खोली दिने र भिसा लागे पछि, भिसा, श्रम सम्झौता बैकमा जम्मा गरे पछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैंकका सिबिओ मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सिप परियोजाका बलजित बोहरा सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ माघ १६, बिहीबार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ