महोत्तरीमा १५ हजार घुससहित रेन्जर पक्राउ, कारबाही गर्न बर्दिबास लगियो


जनकपुरधाम, १६ माघ । महोत्तरीमा वनका एक कर्मचारीलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वरनाथ सवडिभिजन वन कार्यालय, बखरी, महोत्तरीमा कार्यरत रेन्जर राम अशिष यादव छन् ।

महोत्तरीको एकडारा गाउँपालिका २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई सेवाग्राहीबाट १५ हजार घुस लिएलगत्तै रेन्जर यादबलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

रेन्जर यादब घुस मागेपछि सेवाग्राहीले अख्तियारको कार्यालय बर्दिबासमा खबर गरेका थिए । त्यसपछि अख्तियारको टोली त्यहाँ पुगे । सोही बेला सेवाग्राहीले रकम दिएलगत्तै रेन्जर यादबलाई १५ हजारसहित पक्राउ गरेको छ ।

पक्राउ परेका रेन्जर यादबलाई अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ ।

प्रकाशित : २०७६ माघ १६, बिहीबार २१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ