देशभर ५६ हजार शिक्षक अपुग, पठन–पाठन प्रभावित


काठमाडौं, १९ माघ । देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरु गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।

तथ्यांकअनुसार सबैभन्दा बढी मावी तहमा शिक्षकको अभाव देखिएको छ। त्यहाँ १९ हजार १ सय १ जना शिक्षक अपुग छन्। त्यस्तै निमावी तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरुपमा अपुग भएको शिक्षकको सख्या उल्लेख्य गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले तथ्यांक निकालेको हो ।

प्रकाशित : २०७६ माघ १९, आईतवार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ