पेट्रोल-डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो


काठमाडौं, २० माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरको एक रुपैयाँ घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । सोमबारै राति १२ बजेदेखि हेरफेर भएको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ ।

डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : २०७६ माघ २०, सोमबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ