जनकपुर भन्सारका नासु १ लाख ५० हजार घुससहित पक्राउ (भिडियोसहित)


जनकपुधराम, २० माघ । अख्तियारको टोलीले जनकपुरधामबाट भन्सारका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी छन् ।

अख्तियार दुरुपायोग अनुसन्धान बर्दिबासको टोलीले सोमबार साँझ नासु अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिएको छ ।

https://www.youtube.com/watch?v=J6C326vNaRI
प्रकाशित : २०७६ माघ २०, सोमबार २१:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ