व्यापारी साहको रिहाईका लागि स्वतन्त्र रुपमा पहल हुनुपर्छ : नेता यादब


जनकपुरधाम, २१ माघ । समाजवादी पार्टीका संघीय परिषद् सदस्य नविन यादबले प्रतिष्ठित व्यापारी धमेन्द्र साह पक्राउ गरेको घटनालाई राजनीतिकरण नगर्न अपिल गरेका छन् ।

नेता यादबले व्यापारी साह कुनै दलमा संलग्न नरहेकाले स्वतन्त्र रुपमा रिहाइको पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘व्यापारी साह महाविर यूवा कमिटीकाृ पूर्व अध्यक्ष हुन् । उनले कुनै पार्टीको सदस्यता लिएका छैन । घटनामा समेत उनको संलग्नता थिए । तर उनलाई फसाएको छ ।’

उनले सस्तो लोकप्रियता कमाउन धनुषाका सिडिओ प्रदिपराज कणेलले व्यापारी साहलाई फसाएको आरोप लगाए । व्यापारी साहको बदनाम गराउने उदेश्यले मुद्दा दर्ता गराएको भन्दै उनले आज रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

जनकपुरधामका मेयर लालकिशोर साहको कार्यकक्षमा केहि पत्रकार प्रतिक्रिया लिन पुगेपछि विवाद भएको थियो । पत्रकारहरुले आफूहरुलाई कुटपिट गरेको भन्दै चार जनाविरुद्ध कुटपिट तथा दुव्र्यवहार मुद्दा दर्ता गराएपछि व्यापारी साहलाई पक्राउ गरिएको छ ।

प्रकाशित : २०७६ माघ २१, मंगलवार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ